प्रदेश-१ को सभामुखमा माओवादी बाबुराम गौतम निर्वाचित

images
  • 134
    SHARES
  • पौष २८, २०७९ बिहीबार
    प्रदेश-१ को सभामुखमा माओवादी बाबुराम गौतम निर्वाचित
    images

    काठमाण्डाै 

    प्रदेश-१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित हुनुभएको छ ।

    सभामुखमा माओवादी केन्द्रका सांसद  गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । सभामुख गौतमले आजै शपथ लिने तयारी छ ।  संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने तयारी भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend