नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महिला लघुवित्तको शेयर कारोबार रोक्का 

images
  • 108
    SHARES
  • पौष २८, २०७९ बिहीबार
    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महिला लघुवित्तको शेयर कारोबार रोक्का 
    images

    रबिन दाहाल काठमाडौं 

    महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम संस्थाको शेयर कारोबार रोक्का गरिदिएको हो । साथै नेप्सेले महिला लघुवित्त संस्थालाई के कति कारणले यस्तो त्रुटि हुन पुगेको हो कारण खुलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न समेत अनुरोध गरेको छ । महिला लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend