कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु मलेसियामा

images
  • 157
    SHARES
  • बैशाख २६, २०७९ सोमबार
    कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु मलेसियामा
    images

    क्वाललम्पुर

     मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

    aaahhh.jpg

    त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।

    त्यसैगरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend