नेविसंघले थाल्यो स्ववियु निर्वाचनको तयारी, दुई समितिमा संयोजक तोकिए

images
  • 68
    SHARES
  • पौष २८, २०७९ बिहीबार
    नेविसंघले थाल्यो स्ववियु निर्वाचनको तयारी, दुई समितिमा संयोजक तोकिए
    images

    २८ पुस, काठमाडौं

    नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी सुरु गरेको छ । ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि संघले दुई वटा समिति बनाएको छ ।

    संघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्यायलाई मनोनित गरेका छन् ।

    गन्धर्व पूर्व केन्द्रीय सदस्य हुन् भने उपाध्याय चिकित्सा अध्ययन संस्थानको पूर्व इकाइ अध्यक्ष हुन् ।

    गठित दुई समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्नसक्ने अधिकार दिइएको छ ।

    स्ववियु निर्वाचनमा नेविसंघले सशक्त ढंगले सहभागी जनाउने अध्यक्ष शेर्पाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

    शैक्षिक क्षेत्रमा देखिएका ढिलासुस्ती र नीतिगत कठिनाईलाई चिर्न स्ववियु निर्वाचन अनिवार्य रहेको समेत संघले उल्लेख गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend