बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शन

images
  • 79
    SHARES
  • पौष २८, २०७९ बिहीबार
    बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै  प्रदर्शन
    images

    एजेन्सी

    प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वमा बंगलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना गरेका छन् ।

     

    ढाकामा विद्युत मूल्यवृद्धिको ९योजना कार्यान्वयन हुन बाँकी० को विरोधमा बीएनपीले जनवरी १६ मा देशव्यापी ¥याली र जुलुस गर्ने घोषणा गरेको छ । बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले प्रधानमन्त्री हसिना नेतृत्वको अवामी लिगले प्रहरी र नोकरशाहलाई प्रयोग गरेर सत्तामा टाँसिएको बताए ।

    ढाकाको सरकारले विगतका दुई आम चुनावमा जनताको मतदान अधिकार खोसिरहेको आलमगीरले दावी गरे । ‘जनताहरू यस अधिनायकवादी शासनबाट स्वतन्त्रता चाहन्छन्’ आलमगीरले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend