कर्णालीका मुख्यमन्त्री शर्माको सपथ अपराह्न

images
  • 98
    SHARES
  • पौष २८, २०७९ बिहीबार
    कर्णालीका मुख्यमन्त्री शर्माको सपथ अपराह्न
    images

    २८ पुस, सुर्खेत 

    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

    माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शर्मा बुधबार मात्र मुख्यमन्त्री नियुक्त भएका थिए ।

    माओवादी नेताहरुका अनुसार आज ४ बजे मुख्यमन्त्रीको सपथ ग्रहण तय भएको छ । मुख्यमन्त्री शर्माले सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने तयारी गरेका छन् । यसका लागि दुबै दल छलफलमा छन् । मन्त्रीको नाम भने तय भइसकेको छैन ।
    एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको संख्या भने भागवण्डा भइसकेको छ । बुधबार भएको चारबुँदे सहमतिअनुसार माओवादीले ४ र एमालेले तीन वटा मन्त्रालय लिनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend