माघ १ गते विद्यालयमा योग दिवस मनाउन निर्देशन

images
  • 80
    SHARES
  • पौष २८, २०७९ बिहीबार
    माघ १ गते विद्यालयमा योग दिवस मनाउन निर्देशन
    images

    २८ पुस, काठमाडौं

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको छ ।

    केन्द्रले आगामी माघ १ गते ‘स्वस्थ्य जीवनको चाहना : योग शिक्षा र साधना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइलाई समन्वय गर्न निर्देशन दिएको हो ।

    केन्द्रले योग दिवशमा विभिन्न कार्यक्रम गर्न र विद्यालयहरुमा योगसँग सम्बन्धि क्रियाकलाप गराउन निर्देशन दिएको हो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend