२८ पुस, काठमाडौं
परराष्ट्र सचिव भरतराज पौडेलले विदेशमा रहेका नेपाली राजदूतावासमा पर्याप्त जनशक्ति नहुँदा कूटनीतिक कामहरूमा ध्यान दिन नसकिएको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा अन्गर्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पौडेलले नेपालका झन्डै आधाभन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नुपरेको बताएका हुन् ।
नेपालबाट वैदेशिक रोजागारीमा जानेहरूका समस्या समाधान गर्न समय लाग्ने भएकाले दूतावासहरूले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा काम गर्न नसकिने अवस्था रहेको बताए ।
नेपालजस्तै वैदेशिक रोजगारीमा पठाउने अन्य मुलुकका दूतावासको क्षमता बढी भए पनि अरूको तुलनामा नेपाली दूतावासहरूले बढी काम गरेको दावी गरे ।



