१ माघ, काठमाडौं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा भएको यती एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । र उद्धारको कामलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् ।
‘यस दुर्घटनाले केवल हवाई क्षेत्रमात्र होइन, सिंगो पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न गई हाम्रो मुलुकले अवलम्वन गरेको समृद्धि र समाजवादको लक्ष्य प्राप्तिलाई समेत नकारात्मक रुपमा प्रभावित पार्न सक्छ’ नेता नेपालले भने ।
उनले दुर्घटनाको वास्तविक कारण छिटो पत्ता लगाई नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन दुनियाँले देख्ने र बुझ्ने गरी प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।



