२ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु मलेसियामा

images
  • 365
    SHARES
  • बैशाख २६, २०७९ सोमबार
    २ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु मलेसियामा
    images

    मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।अधिकारीहरूका अनुसार मलेसियामा गएको २४ घन्टामा २ हजार १ सय ५३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

    cccccn.jpeg

    त्यसैगरी गएको २४ घन्टा यतामात्र त्यहाँ संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरूले जनाएका छन् ।अहिलेसम्म त्यहाँ ३५ हजार ५ सय ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।

    त्यसैगरी मलेसियामा अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पाइएको छ । अहिले पनि मलेसियामा २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ ।तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend