यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

images
  • 83
    SHARES
  • माघ २, २०७९ सोमबार
    यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु
    images

    २ माघ, काठमाडौं

    पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।

    सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।

    आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन-एन एएनसी एटीआर ७२-५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।

    विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु  भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।

    दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए ।

    आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको उनले बताए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend