नवलपुर, माघ २
पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ ।
श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ । श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुवाआमा रहेका छन् । रासस



