१ लाख २८ हजार नगदसहित पर्साबाट १० जना जुवाडे पक्राउ

images
  • 77
    SHARES
  • माघ २, २०७९ सोमबार
    १ लाख २८ हजार नगदसहित पर्साबाट १० जना जुवाडे पक्राउ
    images

    २ माघ, वीरगञ्ज 

    पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ ।

    जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गरेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरीलगायतलाई पक्राउ गरिएको हो ।

    पर्सागढी नगरपालिका-३ बढनियार स्थित भागवत साहको घरबाट नगद र ताससहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    १ लाख २८ हजार १ सय ४० रुपैयाँ, ४ बुक ताससहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend