विमान दुर्घटना : थप एक जनाकाे शव भेटियाे, ४८ शवकाे काठमाण्डाैमा पाेस्टमार्टम चल्दै

images
  • 87
    SHARES
  • माघ ३, २०७९ मंगलबार
    विमान दुर्घटना : थप एक जनाकाे शव भेटियाे, ४८ शवकाे काठमाण्डाैमा पाेस्टमार्टम चल्दै
    images

    काठमाण्डाै 

    पोखरामा आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको यति एअरलाइन्सले जनाएको छ । अझै एक जनाकाे अवस्था थाहा नभएकाे र खोजी भइरहेको एअरलाइन्सले जानकारी दिएको छ ।

    यसैबीच विमान दुर्घटनामा निधन भएकामध्ये काठमाण्डौ ल्याइएका ४८ वटा शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइरहेको छ । पाेस्टमार्टमपछि आफन्तलाई शव बुझाउने यति एअरलाइन्सले जनाएको छ ।

    यस्तै २२ जनाको शव पोखरामा पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभएकाे छ । 

    गएकाे आइतवार ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना सवार यति एअरलाइन्सकाे विमान सेती नदीकाे खाेँचमा दुर्घटना भएकाे थियाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend