मधेसकाे सभामुखमा एमालेका मण्डल निर्वाचित

images
  • 72
    SHARES
  • माघ ३, २०७९ मंगलबार
    मधेसकाे सभामुखमा एमालेका मण्डल निर्वाचित
    images

    धनुषा 

    मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।

    प्रदेश सभाकाे आज मङ्गलवारकाे बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित सांसद सङ्ख्या एक सय तीनमध्ये ७४ मत प्राप्त गर्नुभयाे । उहाँकाे विपक्षमा २९ मत परेकाे छ । माओवादी छोडेर एमाले रोज्नुभएका मण्डल धनुषा क्षेत्र नम्बर १ (ख) बाट विजयी हुनुभएको थियो । 

    मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए । 

    सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो ।

    बैठक अहिले ६ बजेसम्मका लागि स्थगित गरिएको छ । त्यसपछि बस्ने बैठकबाट आजै उपसभामुखको चुनाव गरिने सभाध्यक्ष गोविन्दबहादुर न्यौपानेले प्रदेश सभालाई जानकारी गराउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend