३ माघ, काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ पछि मन्त्री भण्डारी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालय सम्हालेको पहिलो दिन उनले वाणिज्य नीति पुनरवलोकन गर्ने निर्णय गरे ।



