पोखरा जहाज दुर्घटनाः ज्यान गुमाएकाको परिवारलाई योगी सरकारले ८\८ लाख दिने

images
  • 78
    SHARES
  • माघ ४, २०७९ बुधबार
    पोखरा जहाज दुर्घटनाः ज्यान गुमाएकाको परिवारलाई योगी सरकारले ८\८ लाख दिने
    images

    पोखरा, माघ ४

    माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू (८ लाख) राहत दिने भएको छ।

     
    उत्तर प्रदेशको गाजीपुर जिल्लाका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिलकुमार राजभार र सोनु जैसवाल घुम्न नेपाल आएका बेला दुर्घटनामा परेर मृत्यु भएको हो।
    समाचार एजेन्सी पिटिआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चारै जनाका परिवारलाई राहतस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend