मलेसियाले पाँच लाख विदेशी श्रमिक भित्र्याउन स्वीकृति दिएको छ। मानव संसाधन मन्त्रालय अन्तर्गत विदेशी श्रमिक राहत योजनामार्फत् विभिन्न चरणमा पाँच लाख विदेशी श्रमिक लैजाने भएको हो।
मानव संसाधनमन्त्री शिवकुमारले विदेशी श्रमिकहरूको उत्पादन, निर्माण, कृषि तथा होटल, रेस्टुरेन्ट जस्ता सेवामूलक क्षेत्रमा धेरै आवाश्यकता भएकोले लैजान लागिएको जानकारी दिए । त्यस्तै पछि फेरि आवश्यक देखिए क्रमशः थप्ने उनको भनाइ छ।