पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने

images
  • 70
    SHARES
  • माघ ४, २०७९ बुधबार
    पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
    images

    ४ माघ, पोखरा

    कास्कीको रुपा गाउँपालिकाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गर्ने भएको छ ।

    गाउँपालिका बैठकले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका सबैको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

    स्व. केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए ।

    गाउँपालिकाकै पहिलो पाइलट भएको भन्दै उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरिएको थियो । पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको ओझाले बताए ।

    २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गरेका केसी पछिल्लो समय यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए ।

    माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७१ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको स्थिति अझै खुलेको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend