घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

images
  • 84
    SHARES
  • माघ ४, २०७९ बुधबार
    घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला छ सय रुपैयााले घटेको छ । हिजो प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार छ सय रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयााले घटेर एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend