मधेस प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

images
  • 77
    SHARES
  • माघ ४, २०७९ बुधबार
    मधेस प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ
    images

    काठमाडौं

    मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिता कुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिएका छन ।  बुधबार सभामुख र उपसभामुखको शपथ कार्यक्रममा उहाँहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन । 

     

    मण्डल र ईशर मंगलबार मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन ।मंगलबार बसेको प्रदेश सभा बैठकमा मण्डलको पक्षमा ७४ मत प्राप्त भएको थियो । कुल १ सय ७ सदस्यीय प्रदेशसभामा १ सय ३ जनाले मत विभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।

     

    यसैगरी, जनमत पार्टीकी उम्मेदवार बबिता कुमारी राउत ईशरलाई उपसभामुखमा ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो ।उपसभामुखको निर्वाचन प्रक्रियामा १ सय १ सांसदले सहभागिता जनाएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend