काठमाडौं,माघ ४
लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने भएको छ । चार वर्षअघि चार सहरमा कन्सर्ट गरेको नेपथ्यले यसपटक अष्ट्रिलयाका आठ सहरमा प्रस्तुति दिने भएको छ ।
‘मानवताका लागि संगीत’ सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी यात्रा गरेको थियो । सडक आश्रितहरुको क्षेत्रमा सेवारत् ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका १० सहरमा ब्याण्डले कार्यक्रम गरेको थियो । ‘सोही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर सन् २०२३ भरि नै हाम्रा सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता पव्रर्द्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौं,’ नेपथ्यका गायक अमृत गुरुङले भने ।



