४ माघ, काठमाडौं।
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई शैक्षिक सत्र २०८० को लागि शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको शिक्षा विभागले विद्यालयले प्राप्त गरेको विद्यालय वर्गीकरणको श्रेणी अनुसारको आधारमा २०७९ माघ मसान्तभित्र शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए।



