हामीलाई पद नभई न्याय चाहिन्छ : नागरिक उन्मुक्ति पार्टी

images
  • 102
    SHARES
  • माघ ५, २०७९ बिहीबार
    हामीलाई पद नभई न्याय चाहिन्छ : नागरिक उन्मुक्ति पार्टी
    images

    काठमाडौं

    नागरिक उन्मुक्ति पार्टीले आफूहरुलाई पद नभई न्याय चाहिएको बताएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले आफूहरुलाई पद नभई न्याय चाहिएको बताएका हुन । 

     

    सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको  उनले बताए । 

     

    यद्यपि नागरिक उन्मुक्ति पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend