विमान दुर्घटना : संसदबाट शोक प्रस्ताव पारित

images
  • 96
    SHARES
  • माघ ५, २०७९ बिहीबार
    विमान दुर्घटना : संसदबाट शोक प्रस्ताव पारित
    images

    काठमाण्डाै 

    सङ्घीय संसद्को प्रतिनिधि सभाले पोखरामा भएकाे यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    आज बिहीवारको बैठकको अन्तिममा सभामुखको भूमिकामा समेत रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले राख्नुभएको शोक प्रस्ताव पारित भएको हो । बैठकमा मृतकहरूको सम्झनामा एक मिनेट मौनधारण पनि भएको छ ।  

    माघ १ गते काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको जहाज पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७१ जनाको ज्यान गएको छ । बेपत्ता एक जनाको खोजी भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend