माघ ६
अफगानिस्तानको एक फुटबल रंगशालामा ठूलो भीडका अगाडि तालिवानले चारजनाको हात काटेको छ। उनीहरू सबैमाथि चोरीको आरोप लागेको थियो। यस्तै रंगशालामा अवैध सम्बन्ध राखेको आरोप लागेका पाँच युवकलाई पनि ३५ देखि ३९ पटक पिटिएको गरिएको गभर्नरको कार्यालयका प्रवक्ता हाजी जैदले जानकारी दिए।
तालिवानले गत डिसेम्बरमा हत्याको दोषी ठहर भएका एक व्यक्तिलाई मृत्युदण्ड दिएको थियो। तालिवान सत्तामा फर्किएपछि यो पहिलो सार्वजनिक मृत्युदण्ड हो। पश्चिमी फराह प्रान्तको खचाखच भरिएको रंगशालामा हत्याका आरोपी व्यक्तिलाई मृतकका बुबाले राइफलले तीन पटक गोली हानेर हत्या गरेका थिए।सार्वजनिक रूपमा दिइएको यो सजाय हेर्न तालिवानका धेरै नेता उपस्थित थिए।
तालिवानले अफगानिस्तान कब्जा गरेपछि खुला सजायको अभ्यास फेरि सुरु भएको छ। गत नोभेम्बर २४ मा तालिवानले फुटबल रंगशालामा हजारौँको भीड अगाडि १२ जनालाई नैतिक अपराधको आरोप लगाउँदै कुटपिट गरेको थियो।
१२ जनामध्ये तीन जना महिला हुन्। तालिवानअधिकारीका अनुसार यी व्यक्तिमाथि चोरी, व्यभिचार र समलिंगी यौनसम्बन्धको आरोप लगाइएको थियो।
बीबीसीका अनुसार गत नोभेम्बरमा अफगानिस्तानको तखार प्रान्तमा पनि यस्तै घटना भएको थियो जसमा १९ जनालाई सार्वजनिक रूपमा सजाय दिइएको थियो। नुरिस्तान प्रान्तमा संगीत सुनेको भन्दै एक महिलालाई कुटपिट गरिएको छ। यी सबै सजाय शरिया कानुनअनुसार दिइँदैछ। एजेन्सी



