ताप्लेजुङमा पहिलो पटक महिला सीडीओ

images
  • 77
    SHARES
  • माघ ७, २०७९ शनिबार
    ताप्लेजुङमा पहिलो पटक महिला सीडीओ
    images

    ताप्लेजुङ 

    ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउनु हुनेभएको छ ।

    अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने हुनुभएकाे हाे । 

    प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएकाे हाे । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चाेकमा सरुवा हुनुभएको छ । चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि  भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend