प्रधानमन्त्री प्रचण्डसँग यूएई र कतारका राजदूतको भेट

images
  • 131
    SHARES
  • माघ ७, २०७९ शनिबार
    प्रधानमन्त्री प्रचण्डसँग यूएई र कतारका राजदूतको भेट
    images

    ६ माघ, काठमाडौं

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका राजदूतले  शुक्रबार छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूत युसुफ वीन मोहम्मद अल हेलबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

    यूएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend