नारायणीकिनारमा हवन मण्डप र पञ्च कुण्ड बनाइँदै

images
  • 123
    SHARES
  • माघ ७, २०७९ शनिबार
    नारायणीकिनारमा हवन मण्डप र पञ्च कुण्ड बनाइँदै
    images

    नारायणगढ

    साङ्ग विराट श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको लागि नारायणी नदीकिनारमा हवन मण्डप र पञ्च कुण्ड बनाउने काम थालिएको छ । माघ १२ गते वसन्त पञ्चमीदेखि फागुन १२ गतेसम्म नदीकिनारमा हुन लागेको ज्ञानमहायज्ञको तयारीका लागि हवन मण्डप र कुण्ड बनाउन लागिएको हो ।

    निर्माणाधीन कुण्डको शुक्रबार महायज्ञका संरक्षक महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमाणानन्द गिरीजी महाराज र गण्डकी–नारायणी महाआरती परिषद्का वरिष्ठ सल्लाहकार टंकनाथ पौडेललगायतले निरीक्षण गरेका छन् । महायज्ञको तयारी युद्धस्तरमा अगाडि बढाइएको छ ।

    ब्राह्मणलाई खानपिन तथा आवास र यज्ञको लागि आवश्यक पर्ने हवनकर्ताको व्यवस्था गर्ने कार्य अन्तिम चरणमा पुगेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाज कँडेलले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend