उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान

images
  • 102
    SHARES
  • माघ ७, २०७९ शनिबार
    उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान
    images

    ७ माघ, काठमाडौ

    राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गरेका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार उनले ८३ औं पटक रक्तदान गरेका हुन् ।

    लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिँड्दा हिँड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कयौंपटक रक्तदान गरेको बताए ।

    ‘यो जस्तो पवित्र कार्य अर्को कुनै छैन, अहिलेका युवामा रक्तदान प्रति उत्सुकता, संलग्नता र अग्रसरता देख्दा आफूलाई सन्तोषको अनुभूति हुन्छ’ लिङ्देनले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend