काठमाडौंमा शेखर कोइराला समूहको बैठक सुरु

images
  • 109
    SHARES
  • माघ ८, २०७९ आइतबार
    काठमाडौंमा शेखर कोइराला समूहको बैठक सुरु
    images

    काठमाडौंं

    नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक सुरु भएको छ। काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा केहीबेर अघि बैठक सुरु भएको हो। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न इतर समूहको बैठक बसेको हो। 

     

    छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेश सभापतिहरू सहभागी छन्।

    सभामुख र उपसभामुको निर्वाचन सकिएलगत्तै अब दलहरुको ध्यान राष्ट्रपति निर्वाचनमा परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुख पदमा भने आफ्नै उम्मेदवार बनाएको थियो। 

     

    प्रधानमन्त्री लगायत शीर्ष नेताहरूले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चुनिने बताउँदै आएका छन्। कांग्रेसले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend