थप १३ जनामा संक्रमण, १७ जना कोरोना संक्रमणमुक्त

images
  • 92
    SHARES
  • बैशाख २७, २०७९ मंगलबार
    थप १३ जनामा संक्रमण, १७ जना कोरोना संक्रमणमुक्त
    images

    काठमाडौँ 

    नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण १३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ६३४ जनामा कोरोना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको हो । 

    hhhjjj.jpg

    पछिल्लो समय १७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८२३ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । विगत २४ घण्टामा ८० हजार १४२ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १८५ जना रहेका छन् । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend