माघ ८ गते
तामाङ्ग जातिहरूको नयाँ वर्ष अर्थात सोनाम ल्होसार आज तामाङ्ग समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होछार पर्व मनाएका छन् । त्यस्तै गरि चितवनमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर बृहत् सोनाम रूपमा ल्होसार पर्व मनाएका छन् । "तामाङ्ग भाषा धर्म,संस्कार,संस्कृतिको संरक्षण गरौँ, आफ्नो पहिचान र अस्तित्वका लागि एक हौँ" भन्ने मुल नारा अनुसार भरतपुर नगर तामाङ्ग समाजको आयोजनामा आज मञ्जुश्री सम्बत २८५९ औँ सोनाम ल्होसार भरतपुर ११ चितवन स्थित रहेको छे च्यु थर्पोलिङ्ग गुम्बा भव्यताका साथ मनाइएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ११ अध्यक्ष कमल मल्लले सोनाम ल्होसारको शुभकामना दिदैँ हामी बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक क्षेत्रमा भरिपुर्ण भएको हुदाँ सबैले आ-आफ्नो धर्म संस्कृतिलाई जोगाइराख्नु पर्छ भने । उनले आफ्नो वडा भित्रका सम्पूर्ण जातजाति, भाषा, धर्म र संस्कृतलाई सम्मान ढङ्गले अगाडि बढाउने समेत बताए । र वडाको तर्फबाट गर्नुपर्ने सहयोग सदैब रहने प्रतिवद्वता गरे । आज काठमाडौं लगाएतका उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका विभिन्न स्थानहरुमा हर्षोल्लास साथ सोनाम ल्होछार मनाएका छन् ।

तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान, तामाङ्ग सेलो समेत प्रदर्शन गरिएको छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरू भएको छ । आजदेखि ताकल्हो (बाघ वर्ष)लाई विलाई गरी आजदेखि ह्योई (खरायो वर्ष) ल्हो वर्ष सुरू भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ उक्त कार्यक्रम समाजका अध्यक्ष पासाङ्ग लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।




