अमेरिका, माघ ९
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो । घटनामा अन्य १० जना व्यक्ति घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।



