कालिका माध्यमिक विद्यालयको ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

images
  • 251
    SHARES
  • माघ १०, २०७९ मंगलबार
    कालिका माध्यमिक विद्यालयको ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
    images

     देवघाट तनहुँ : माघ १० गते

    कालिका माध्यमिक विद्यालयको ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले पानसमा दिप प्रज्वलन र व्यानर पढेर दिवसको समुद्घाटन गर्नु भएको थियोे । कार्यक्रमको उद्घाटन लगत्तै विद्यार्थीहरूले हरेक दिन विद्यालयको प्राङ्गणमा देखाउने पिटी प्रदर्शनी देखाएका थिए । भने कार्यक्रममा विद्यालयका सह-प्रधानाध्यापक लालमणी पौडेलले स्वागत मन्तव्य दिएका थिए ।

    327268632_576043700719147_274755664484668280_n.jpg

     

    कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले समग्र रूपमा अहिले देवघाट गाउँपालिकाले विगतका वर्षमा भन्दा गाउँ सभाले वजेट विनियोजन गरेको छ कालिका विद्यालयको लागि हरेक विद्यालयको ११/१२ मा आइपुग्दा उत्कृष्ट अंक ल्याएर पास भएको खण्डमा त्यसमा सम्बन्धित शिक्षकको ठुलो योगदान हुन्छ भन्ने मुल्यांकन र शिक्षकलाई हौसला स्वरूप हिउदे गाउँ सभाबाट रू. एक लाख रूपैयाँ विनियोजन भएको छ भने । कालिका माध्यमिक विद्यालय वडा ५ भित्रका मातृ विद्यालय भित्रीमा पर्दछ भन्दै अध्यक्ष थापाले अब यस विद्यालयमा भौतिक संरचना हैन कि बौद्धिक ज्ञान आवश्यक छ भन्दै अवका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षाको आवश्यक छ, घोकन्ते तरिका हैन भने । अध्यक्ष थापा आफु शिक्षा क्षेत्रबाटै आएको हुदाँ अब आफ्नो कार्यकाल भरिमा देवघाट गाउँपालिकाको शिक्षा क्षेत्रलाई केही हदसम्म परिवर्तन गरेर भनेर अघि बढेको बताए । थापाले पुस्तकालय मात्रै भएर हुदैँन कि त्यसलाई राम्रोसँग चलाउन पनि सक्नुपर्छ भने ।

    327255974_890400052379910_3542275935179727031_n.jpg

    हाल गाउँपालिकाबाट विद्यार्थीहरूलाई गुणात्मक शिक्षाको लागि पचास हजार रूपैयाँ रकम विनियोजन गरिएको अध्यक्ष थापाले बताए । कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ अध्यक्ष पुर्ण बहादुर कुँवरले शिक्षक र अभिभावकसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर निति बनाउने कार्यक्रम गरिएको बताए । उनले अहिले गाउँपालिका शिक्षा क्षेत्रलाई केही परिवर्तन गरौँ भनेर अघि बढेको छ भन्दै कुँवरले सम्पूर्ण अभिभावकहरूलाई आफ्नो बालबच्चालाई नियमित स्कुल पठाउन अनुरोध गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग सदैब रहिरहने बताए । कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिका वडा नम्बर ४ अध्यक्ष मित्रलाल गुरूङले विद्यालय ४४ औँ वसन्त पार गरेको उपलक्ष्यमा शुभकामना तथा बधाई दिदैँ आगमि दिनहरूमा अझै धेरै प्रगतिको कामना व्यक्त गरे । उनले शिक्षक एउटा शिक्षाको ज्योति दिने व्यक्ति मात्रै हैन कि पुरै विद्यालयको एउटा महत्त्वपूर्ण अंगको रूप हो भन्दै सबै अभिभावकले पनि विद्यालयलाई महत्त्व दिएर अघि बढ्न आग्रह गरे । र आफुले शिक्षा क्षेत्रमा सकेको सदैब सहयोग गर्ने प्रतिवद्वता गरे । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन निमित्त प्रधानाध्यापक इन्द्रदेव तिवारीले प्रस्तुत गर्नु भएको थियोे भने एस.एल. सि.मा आफ्नो विषयमा सबै विद्यार्थीलाई उत्तीर्ण गराएका ४ शिक्षक राजु भुर्तेल, लालमणी पौडेल, युवराज शाखी र पदमराज पौडेललाई सम्मान-पत्र र खादा सहित सम्मान गरिएको छ । भने विद्यालयमा दिर्घसेवा प्रदान गर्दै आउनु भएको हर्कबहादुर गुरूङ र कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा सुमित्रा थापा र कक्षा १० मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा मनिषा गुरूङ लगाएत सम्मानित भएका छन् । कालिका माध्यमिक विद्यालयमा हात २४० जना विद्यार्थीहरू अध्ययनरत छन् ।

    327448500_720609179676910_4537238653501405546_n.jpg

    सो अभिभावक दिवस कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ सदस्यहरू कमला गुरूङ, यामबहादुर मगर र सरस्वती परियार,नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्योपाने, शिद्वमहाकाली विद्यालयका प्रधानाध्यापक बासुदेव तिवारी, देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष रघु मल्ल लगाएत उपस्थिति रहेको थियोे । भने कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रस्तुतिका नाचहरू देखाएरवार्षिकोत्सव भव्यताका साथ मनाइएको छ । सोही विद्यालयका शिक्षक युवराज शाखीले सञ्चालन गर्नु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियोे ।

    326728933_704572644551928_458702418084039908_n.jpg327269874_757884649094855_3256728436636376108_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend