मधेश प्रदेशका तीन मन्त्रीको मन्त्रालय तोकियो

images
  • 83
    SHARES
  • माघ १०, २०७९ मंगलबार
    मधेश प्रदेशका तीन मन्त्रीको मन्त्रालय तोकियो
    images

    १० माघ, जनकपुरधाम

    मधेश प्रदेशका बिना विभागीय मन्त्रीहरुको जिम्मेबारी तोकिएको छ । गत पुस २९ मुख्यमन्त्री सरोजकुमार यादवसंगै बिना विभागीय मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका तीन मन्त्रीको जिम्मेबारी मंगलबार तोकिएको हो ।

    जसपाका सञ्जय यादवलाई अर्थ, नेकपा एमालेका सरोज यादवलाई भौतिक पूर्वाधार र जनमत पार्टीका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो ।

    मुख्यमन्त्री यादवले दुईदिन भित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend