काठमाडौँ, माघ ११
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले सरकारले दिने अनुदानमा टाठाबाठाको मात्र पहुँच हुने गरेको गुनासो रहेको उल्लेख गर्दै त्यस्तो अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयका सहसचिव मधु भेटवालले विद्युत् उत्पादनमा निजी क्षेत्रको समेत संलग्नताले विद्युत् उत्पादन बढेको र त्यसको स्वदेशमा खपतका लागि पनि विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने आवश्कता आँैल्याउनुभयो । यसले पेट्रोलियम पदार्थको आयात समेत कम गर्न योगदान पुग्ने उहाँको धारणा थियो ।वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले चुलो सुधार अभियानमा निजी क्षेत्र र समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसको दिगोपनाका लागि गुणस्तरीय चुलो र विद्युत् आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक अच्युत घिमिरे, सामुदायिक उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवाली, केन्द्रका सहायक निर्देशक डा रणबहादुर थापा, अजम्मरी विकास फाउण्डेसनका प्रबन्ध निर्देशक सुवर्णप्रसाद कपाली, फाउण्डेसनका निर्देशक ज्ञानेन्द्रराज शर्मा, प्राक्टिकल एक्सनका पूजा शर्मालगायतले नेपालमा विद्युतीय चुलोको प्रयोगको अवस्था, सम्भावना र चुनौतीका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।रासस



