देशव्यापी रूपमा श्रीलंकामा कर्फ्यू घोषणा

images
  • 147
    SHARES
  • बैशाख २७, २०७९ मंगलबार
    देशव्यापी रूपमा श्रीलंकामा कर्फ्यू घोषणा
    images

    एजेन्सी 

    श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यूको घोषणा गरेको हो ।

    nnn.jpg

    सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ ।श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका छन् ।

     

    प्रधानमन्त्री महिन्दा राजपाक्षेले हिजो मात्र आफ्नो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीहरूमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend