ज्यासिन्डा अर्डनको राजीनामापछि न्युजिल्यान्डमा हिपकिन्स बने नयाँ प्रधानमन्त्री

images
  • 68
    SHARES
  • माघ ११, २०७९ बुधबार
    ज्यासिन्डा अर्डनको राजीनामापछि न्युजिल्यान्डमा हिपकिन्स बने नयाँ प्रधानमन्त्री
    images

    ११ माघ, काठमाडौं

    ज्यासिन्डा अर्डनले प्रधानमन्त्री पदबाट अघिल्लो हप्ता अनपेक्षित राजीनामा दिएपछि क्रिस हिपकिन्स न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

    ज्यासिन्डा नेतृत्वको सरकारमा कोरोना महामारी नियन्त्रण तथा पुलिस मन्त्री रहेका ४४ वर्षीय हिपकिन्सलाई न्युजिल्यान्डको लेबर पार्टीले दलको नेता र संसदले देशको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ । ज्यासिन्डा गत हप्ता मात्रै आफूसँग देश चलाउनका लागि थप केही नभएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

    सन् २०१७ मा प्रधानमन्त्री निर्वाचित भएकी ज्यासिन्डा विश्वको सबभन्दा कम उमेरकी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेकी थिइन् । उनी प्रधानमन्त्री हुँदा ३७ वर्षकी थिइन् भने लेबर पार्टीको तेस्रो तहकी नेतृ थिइन् । न्युजिल्यान्डमा आगामी अक्टोबरमा हुन लागेको आम निर्वाचन अगावै उनले पदबाट राजीनामा दिएकी हुन् ।

    नयाँ नियुक्त भएका प्रधानमन्त्री हिपकिन्स यसअघि न्युजिल्यान्डका शिक्षामन्त्री थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend