११ माघ, जनकपुरधाम
समाचार लेखेको निहुमा पत्रकारका विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले माफी मागेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइनखबर डटकमका पत्रकार शैलेन्द्र महतोसँग माफी मागेका हुन् ।
त्यसक्रममा स्वास्थ्यकर्मी साहले आफूले आवेशमा आएर जथाभावी लेख्नु आफ्नो गम्भीर गल्ती भएको स्पवकारेका छन् । उनले आउँदा दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिवद्धता जनाएका छन् ।



