काठमाडौं महानगरले हटायो ९ हजार वटा अनधिकृत होर्डिङ र साइन बोर्ड

images
  • 65
    SHARES
  • माघ १२, २०७९ बिहीबार
    काठमाडौं महानगरले हटायो ९ हजार वटा अनधिकृत होर्डिङ र साइन बोर्ड
    images

    काठमाडौं, माघ १२

    काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार वटा अनधिकृत होर्डिङ र साइन बोर्ड हटाएको दाबी गरेको छ । महानगरले मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड तथा परिचय पाटी हटाएको काठमाडौं महानगरले जनाएको छ ।

     
    गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।
    तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने महानगरले जनाएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend