दुई दिन मतदाता शिक्षा दिने निर्वाचन आयोगले

images
  • 397
    SHARES
  • बैशाख २८, २०७९ बुधबार
    दुई दिन मतदाता शिक्षा दिने निर्वाचन आयोगले
    images

     काठमाडौं 

     निर्वाचन आयोग नेपालले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ।

    jjjjhhh.jpg

    नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो।आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ।

    स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट नै मौनावधि सुरु भइसकेको छ। यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन्।यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ। अनुगमन टोलीले निर्वाचन आचारसंहीता विपरीत काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोली खटाएको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend