चितवनकै पहिलो मन्टेश्वरी बकेना बाल बाटिकामा बालबालिकाको क्षमता अनुसार पढाइ

images
  • 79
    SHARES
  • माघ १२, २०७९ बिहीबार
    चितवनकै पहिलो मन्टेश्वरी बकेना बाल बाटिकामा बालबालिकाको क्षमता अनुसार पढाइ
    images

    पूजा ढकाल,

    चितवन, माघ १२

     
    भरतपुर माहानगरपालिका–२ क्षेत्रपुर स्थित चेतना मार्गमा रहेको बकेना बाल बाटिका मन्टेश्वरी स्कुलमा श्रीपञ्चमीको अवसरमा विशेष कार्यक्रम गरिएको छ ।
    आज बिहान सरस्वती पूजा तथा अक्षराम्भको विशेष कार्यक्रम गरी २५% छुटमा मन्टेश्वरीले नयाँ विद्यार्थीलाई भर्ना गरेको हो ।

    बालबाटिका चितवनकै पहिलो मन्टेश्वरी भएकोले बिहान देखि दिउँसोसम्म विद्यार्थीलाई भर्ना गर्न अभिभावकको भीड नै लागेको थियो । यहाँ अनुभव तथा तलिम प्राप्त शिक्षिकाबाट पढाइ हुदैँ आएको मन्टेश्वरीले जनाएको छ ।

    त्यस्तै बकेना बालबाटिका मन्टेश्वरीकी प्रधानाध्यापक रञ्जना जोशीले यहाँ बालबालिकाको क्षमता अनुसार पिजी देखी कक्षा ६ सम्म नियमित रुपमा पढाइ हुँदै आएको जानकारी दिइन् । उनले भनिन्, ‘सबै बालबालिकाको फरक फरक क्षमता हुन्छ । जसको कारण सबैले एउटै शैलीमा शिक्षा आर्जन गर्न नसक्ने भएकोले हामीले उनीहरुको अवस्था हेरेर मन्टेश्वरी बेस लर्निङ सँगसँगै प्रोजेक्ट बेस र करिकुलम बेस लर्निङबाट पढाउने गर्छौ ।’

    पछिल्लो समय शिक्षण विधिमा दैनिक नँयानयाँ प्रविधि आउने भएकोले आफूहरुले योजना बनाएर नयाँ शैक्षिक सत्रसँगै नयाँ प्रविधिबाटै पढाउने गरेको उनले नारायणी अनलाइनलाई जानकारी दिइन् । विसं २०६५ सालमा पहिलो पटक यस मन्टेश्वरीलाई स्थापना गर्दा जम्म ११ जना बालबालिकाबाट पढाइ सुरु गरेको उनको भनाइ छ । त्यस्तै २५ वर्ष देखि शिक्षण पेसामा आवद्ध रहेको र अहिले पनि बिहान बालकुमारी कलेजमा पढाउन र दिउँसो मन्टेश्वरी तथा बालबालिकालाई समय दिदैँ आएको बताउँदै उनी भन्छिन्, ‘हामीले मन्टेश्वरी स्थापना गर्न भन्दा पहिले पनि यस विषयमा चार वर्ष अनुसन्धान गरेका थियौँ । जसको कारण आज अभिभावकबाट राम्रो प्रतिक्रिया आउने गर्छ ।

    यस मन्टेश्वरीबाट कक्षा ६ पास गरी अन्य स्कुल गएका बालबालिकाले उक्त स्कुलमा पनि राम्रो गरेको तथा टप १० भित्र पर्ने गरेको खबर आफूहरुलाई आउँदा निकै खुसी लाग्ने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘हाम्रो मन्टेश्वरीमा बालबालिकाको क्षमता अनुसार विभिन्न माध्यमबाट पढाइ हुने भएकोले एक पटक सेवा गर्ने मौका दिनुहुन अनुरोध गर्छु ।’

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend