१२ माघ, गोरखा
शहीदलखन गाउँपालिका-९ बुंकोटघाटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
नाम्जुङ सेवा समाजको आयोजनामा फागुन २३ गतेबाट महायज्ञ हुन लागेको हो । उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने तय भइसकेको समाजका अध्यक्ष शिव बञ्जराले बताए ।
भीमवीरेश्वर मन्दिरको सत्तलभित्र हुने महायज्ञमा पण्डित दीनवन्धु पोखरेलले कथा वाचन गर्ने छन् । पोखरेलले नेपाल लगायत २० भन्दा बढी देशमा प्रवचन दिइसकेका छन् ।
महायज्ञ संचालनका लागी सुरेन्द्र थापा संयोजक रहेको एक हजार एक सय मूल समारोह समिति गठन भइसकेको छ । ३५ वटा उपसमितिहरु पनि गठन भइसकेका छन् ।
फागुन ३० गतेसम्म चल्ने महायज्ञममा गोरखाको शहीदलखन, गण्डकी, भीमसेन थापा र धादिङको ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वय रहने छ ।



