राष्ट्रपति भण्डारी राजाजस्तै : पूर्वप्रधानन्यायाधीश कार्की

images
  • 72
    SHARES
  • माघ १२, २०७९ बिहीबार
    राष्ट्रपति भण्डारी राजाजस्तै : पूर्वप्रधानन्यायाधीश कार्की
    images

    काठमाडौँ 

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गरेकी छन् ।नेपाल कानुन समाज लगायतका संस्थाले संयुक्त रुपमा गरेको 'आमनिर्वाचन-२०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बिहीबार बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि पोखिन् ।

    उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् ।

     
    उनले राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु पनि राजाजस्तै भएको टिप्पणी गरिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । राम्रा व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले आस व्यक्त गरिन् ।

    ‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट आउनुपर्ने, सर्टकटमा आउनुपर्ने धेरै घुमेर आउनपर्‍यो आज । राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु राजाजस्तो भए,’उनको भनाइ थियो ।

    गत निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताइन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend