काठमाडौँ,माघ १२
संसद् भवनअगाडि आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यलाई आत्महत्यामा दुरुत्साहन गरेको भन्दै सरकार, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ,गोल्यान ग्रुपका प्रमुख पवन गोल्यानसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध उनकी श्रीमती नानुका अधिकारीले प्रहरीमा उजुरी दिएकी छन्।
काठफोर्ड इन्टरनेशनल कलेज र सान इन्टरनेशल कलेजसहित १२ जना व्यक्ति र संस्था विरुद्ध बुधबार बानेश्वर प्रहरीमा नानुकाले उजुरी दिएकी हुन्। आचार्यकी श्रीमती नानुकाले सरकारविरुद्ध पनि उजुरी गरेकी छन्। उनले डा। उपेन्द्र महतोको नेपाल ग्रामोध्योग कम्पनी, सुजुकी इन्टरनेसनल, डाबर नेपाल, इलामको साङपाङ डेरी, मेट्रोतरकारी डट कम, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाललगायतबिरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दिएकी हुन्।



