मधेशमा जनमत पार्टीका बसन्त कुशवाहा कृषि मन्त्री

images
  • 114
    SHARES
  • माघ १३, २०७९ शुक्रबार
    मधेशमा जनमत पार्टीका बसन्त कुशवाहा कृषि मन्त्री
    images

    जनकपुर

    मधेश प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहाले भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय स्वीकार गर्ने भएका छन् ।

     

    प्रदेशका सत्ता साझेदार दलहरुबीच जनमत पार्टीबाट विना विभागिय मन्त्रीको शपथ लिएका कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएको थियो । तर बिहीबार प्रदेश प्रमुख कार्यालयले कुशवाहालाई कृषि मन्त्रालय तोकेपछि जनमत पार्टीका सांसदहरु असन्तुष्टि जनाएका थिए ।

     

    स्रोतका अनुसार मुख्यमन्त्री सरोज कुमार यादवसंगको छलफल पश्चात जनमतका मन्त्री कुशवाहाले कृषि मन्त्रालय स्वीकार्ने निर्णय लिएका छन् । उनले आजै पदभार ग्रहण गर्ने बुझिएको छ ।

     

    मधेश प्रदेशमा १० मन्त्रालय छ । जसमध्ये नेकपा एमालेका सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय र जसपाका संजय यादव अर्थ मन्त्रालय पाएका छन् । अन्य ७ मन्त्रालय मुख्यमन्त्री यादवले स्वयं राखेका हुन् ।

    केन्द्रका सत्ता साझेदार दलका शीर्ष नेताहरुले नै मन्त्रालय बाँडफाँड गर्ने भएकाले मन्त्रीपरिषद् विस्तार अनिश्चित बनेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र प्रदेशमा सरकारलाई समर्थन गरेको लोसपा पनि मन्त्री पठाएको छैनन् ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend