जनकपुरबाट लागुऔषध सहित ४ जना पक्राउ

images
  • 65
    SHARES
  • माघ १३, २०७९ शुक्रबार
    जनकपुरबाट लागुऔषध सहित ४ जना पक्राउ
    images

    १३ माघ, जनकपुरधाम

    जनकपुरधामबाट लागुऔषध सहित चार जना पक्राउ परेका छन् । प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषध सहित उनीहरु बिहीबार दिउँसो जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेहरुमा नियन्त्रणमा प्रदेश २-०२-००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ छन् ।

    यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुर उप-महानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

    अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

    उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरु समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend