एजेन्सी
अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मृत्यु भएकाे घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गत बुधबार गरेको कारबाहीमा सुडानीकाे मृत्यु भएको अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले घोषणा गरेका हुन् । सुडानीको मृत्यु अमेरिका र उसका सहयात्री देशहरुका लागि सुखद् खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।
सुडानीकाे गतिविधिको लामो अध्ययनपछि राष्ट्रपति जो बाइडेन, रक्षामन्त्री अस्टिन र अमेरिकी सेनाका संयुक्त प्रधान सेनापति मार्क मिलेको अनुमति र निगरानी गरिएको कारबाहीमा सुडानीकाे मृत्यु भएकाे अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ ।



