गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी

images
  • 152
    SHARES
  • माघ १३, २०७९ शुक्रबार
    गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी
    images

    काठमाडौं,माघ १३

    उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन् ।

     
     

    ‘एक त खाजा समयअघि नै सुनुवाइ सकिएर इजलास उठेको छ, अर्कोतर्फ मगाउनुपर्ने कागजात र बहसनोट केही बाँकी छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले केही न केही आउँछ ।’

     

    स्रोतले भन्यो, ‘विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको व्यहोरा सहितको निर्णय सर्वाजनिक हुनेछ ।’

    गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend